तीन दिवसीय खोखो खेल सम्पन्न

0-4cba42cc-b9be-4f59-b5f0-b5111ed84337

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा फालाकाटा सिमलाबारी मुख्यालयको मैदानमा तीन दिवसीय अन्तरराज्य खोखो खेलको शुभारम्भ गरिएको जानकारी एसए‌बी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय स्रोतले दिएका छन्। आज सम्पन्न प्रथम खेलको उद्घाटन एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले गरेका थिए भने खेलमा महिला अनि पुरुष दुवै वर्गको सहभागीता रहेको बताइएको छl आज सम्पन्न खेलामा जलपाईगढी, गान्तोक र रानीडाङ्गा मुख्यालयका एसएसबी जवान र अधिकारीहरुले भाग लिए। खेलमा महिला वर्गमा जलपाईगुड़ी विजेता एवम् रानीडांगा उपविजेता बनेको र पुरुष वर्गमा पनि जलपाईगुड़ी विजेता बनेको एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय सुत्रले जनाएका छन्।

About Author

Advertisement