एनजेपीका अवैध रुपमा निर्मित केही दोकानहरू रेलवे पुलिस द्वारा भत्काइ दियो

IMG_20220905_202956.png

सिलगढी: रेलवे विभागले आज उच्छेद अभियान चलाएर केही अस्थायी दोकानहरू भत्कादिएपछि व्यवसायीहरू समस्यामा परेका छन्। प्राप्त जानकारी अनुसार एनजेपी रेल अस्पताल संलग्न इलाकामा अभियान चलाएर त्यहाँ रहेको केही अस्थायी दोकानहरू भत्काइदिएको छ। रेलवे विभागको उक्त अभियानलाई लिएर स्थानीय व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय व्यवसायीहरूको आरोप अनुसार यदि उक्त ठाउँ रेलवेलाई प्रयोगमा आए आफूहरूले स्वेच्छाले उक्त ठाउँ छोडिदिइनेछौँ। तथापि, बारम्बार रेलवेको यस प्रकारको अभियानले गर्दा आफूहरूले निक्कै क्षतिको सामना गर्नपरिरहेको छ। कुनै प्रकारको नोटिस नदिईकन उक्त अभियान चलाएको व्यवसायीहरूको आरोप रहेको छ। प्रशासनको तर्फबाट अन्यत्र ठाउँको व्यवस्था गरिदिए राम्रो हुने व्यवसायीहरूले बताए।

About Author

Advertisement