तीनसय सत्ताईसजना सीएपी सिक्किम मा सामेल

n5977961381712341501668176621743870e02cc0571803ab7de07ec818bfb995ed7e63a31ebff1139b8f99.jpg

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत गुम्बा फाट्कमा आज आयोजित एक कार्यक्रममा एसकेएम पार्टीको योक्सम टाशीडिङका सीएलसी महासचिव दिलमान लिम्बू लगायत अन्य तीनसय सत्ताईस जना सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम मा सामेल भएका छन्। सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरेको छ।

विज्ञप्ति अनुसार, पार्टीका क्षेत्रीय विधानसभा उम्मेदवार जिग्मी भोटियालाई उनीहरुले जीत दिलाउने प्रण समेत उक्त सामेल कार्यक्रममा गरेका छन्। आजको सभामा लोकसभा उम्मेदवार भरत बस्नेत, मुख्यमन्त्री उम्मेदवार गणेश कुमार राई, संसदीय काउन्सिलका अध्यक्ष एलपी काफ्ले, जिल्ला तथा क्षेत्र स्तरका अनेकौं नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रह्यो। पार्टीमा सामेल हुने सबै नवागंतुक सदस्यलाई पार्टीका शिर्ष नेताहरूले विधिवत सामेल गराएको बताइएको छ।

About Author

Advertisement