तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीद्वारा राजीनामा

IMG-20260627-WA0078

खरसाङ: जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पनि दिए राजीनामा दिएका छन्।‌ उनले शनिवार एक भिडियो जारी गर्दै सभासद पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। उनले भिडियो जारी गर्दै भने, ‘गोर्खा जाति र गोर्खाल्याण्डको लागि जीटीए बाधक बनेकोले आफ्नो जातिको लागि जीटीएको सभासद पदबाट राजीनामा दिएको छु। राजीनामा दिनुभन्दा अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको साथमा रहेको र राजीनामा दिएपछि पनि उनकै साथमा रहनेछु।’
नवराज छेत्रीले अहिलेसम्म साथ र सहयोग गर्ने पार्टी अध्यक्ष, कार्यकर्ताहरु, तीनधारे महानदी समष्टिको पदाधिकारीहरु र सम्पूर्ण जनता सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement