तीनधारे चियाबारीमा हाम्रो पार्टीबाट ९० घरहरू भागोप्रमोमा सामेल भएको दाबी

IMG-20230603-WA0208.jpg

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे चियाबारीका विभिन्न गाउँहरूबाट हाम्रो पार्टीको ९० घर परिवारहरू भागोप्रमोमा सामेल भएको जानकारी प्राप्त भएको छ। उक्त समर्थन कार्यक्रमको लागि तीनधारे चियाबारीको गोदाम धुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक समर्थन सभाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा पुकबहादुर नेवारको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए भने उनीसितै तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, संयोजक साजन दर्जी, अर्जुन छेत्री, सनबहादुर तामाङ पनि उपस्थित रहेका थिए। उक्त सभालाई युवराज प्रधानले सञ्चालन गरेका थिए। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, सनबहादुर तामाङ, अर्जुन छेत्रीले वक्तव्य राखेका थिए। त्यसरी नै तीनधारे चियाबारीको विभिन्न वार्डहरूका प्रतिनिधिहरूले आफ्नो आफ्नो मन दु:खाई विषयमा वक्तव्य राखेका थिए। सभामा हर घर जल परियोजनाको अन्तर्गत तीनधारे चियाबारीका गाउँहरू क्रमैले दोकान डाँड़ा, राँची गाउँ, भुले गाउँ, गोदामधुरा अहिले पनि पानीदेखि वञ्चित रहेको जानकारी सभामा राखिएको छ। यस विषयमा जनप्रनिधिहरूले पानीको परियोजनामा छोड़िएका गाउँहरूका सर्वेक्षण गरेर भोलिको दिनमा स्थानीयहरूसित सर सल्लाह गरेर झट्टै काम गरिदिने निवेदन पनि गरिएको छ। यसै सभामा तीनधारे चियाबारीको चारवटा गाउँहरूबाट हाम्रो पार्टीको 90 घर परिवारहरू भागोप्रमोमा सामेल भएको जानकारी युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरले दिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका प्रतिनिधिहरूलाई क्षेत्रीय सभासद नवराज छेत्री र अन्यको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरेर पार्टीमा स्वागत जनाइएको छ। तीनधारे चियाबारीको गाउँहरूबाट भागोप्रमोमा सामेल गराउन युवराज प्रधानको मुख्य भूमिका रहेको पनि युवा शक्तिका सचिव सञ्जीव मंगरले जानकारी दिएका छन्।

About Author

Advertisement