तीनधारेको ब्लु डाईमण्ड स्कूलमा वार्षिक पारितोषिक वितरण कार्यक्रम सम्पन्न

IMG-20231216-WA0147.jpg

खरसाङ: तीनधारेस्थित ब्लू डायमण्ड अंग्रेजी स्कूलमा यस सत्र २०२३ को वार्षिक परीक्षाको वार्षिक फलाफल एवं पारितोषित वितरण कार्यक्रम सम्पन्न भयो।विद्यालयका प्राचार्य रवि सुब्बाद्वारा स्वागत जनाए पश्चात स्कूल सञ्चालन समितिका सभापति रञ्जनकुमार रसाईली एवं शिक्षक-शिक्षिकाहरूद्वारा नर्सरी कक्षादेखि चौथो श्रेणीसम्मका उत्कृष्ट अंक प्राप्त गरेर सफल हुने विद्यार्थीहरुलाई पुरस्कारहरु प्रदान गरियो। स्कूलका प्रोप्राइटर एवं प्रबन्धक प्रहलाद रसाईलीद्वारा विशेष चौथो श्रेणीको विद्यार्थीहरुलाई मायाको चिन्ह प्रदान गर्दै विदाई गरियो। अन्त्यमा प्राचार्य रवि सुब्बाद्वारा उपस्थित सम्पूर्णलाई बहुमुल्य उपस्थितिको निम्ति धन्यवाद दिँदै आगामी बड़ादिन (क्रिस्मस) एवं नयाँ वर्षको शुभकामना व्यक्त गर्दै शीतकालीन विदाको घोषणा गरेका थिए।

About Author

Advertisement