तीनजना सभासदहरुसहित विभिन्न पञ्चायत प्रतिनिधि तथा लगभग १०० जना भाजपामा सामेल

b03846ec-c9f8-47b3-939d-5df3dec5a182

दार्जिलिङ: आज जीटीएका तीनजना सभासद्हरुसहित विभिन्न पञ्चायत प्रतिनिधि तथा लगभग १०० जना पार्टी कार्यकर्ता भारतीय जनता पार्टीमा सामेल गरेका छन्।
भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा आज दार्जिलिङमा आयोजित एक समर्थन कार्यक्रममा उनीहरू भाजपामा सामेल भएका छन्। जीटीएका तीनजना सभासदहरू क्रमैले पंखाबारी अम्बटे लङ्भ्यू समष्टिकी पूर्व सभासद कल्पना प्रधान, मिरिक थर्बु डुप्टिनका पूर्व सभासद मिलेश राई अनि महानदी तीनधारे समष्टिका पूर्व सभासद नवराज छेत्री भाजपाका सामेल भएका छन्। यसरी नै विभिन्न पञ्चायत प्रतिनिधिहरू पनि भाजपामा सामेल भएका छन्। सामेल हुनेहरु क्रमैले मिरिक खण्ड पञ्चायत समितिका सदस्य बुढा लेप्चा,बिशन राई ग्राम पञ्चायत सदस्य, डुप्टिन ग्राम पञ्चायत अनि सुब्रता लकान्द्री ग्राम पञ्चायत सदस्य, सेन्ट मेरीज तीन ग्राम पञ्चायत आदि रहेका छन्।


यसका साथै तीनजना सभासद्हरूसँगै लगभग १०० जना बुथ अध्यक्ष, बुथ संयोजक, महिला मोर्चाका सदस्य तथा युवा मोर्चाका सदस्यहरू पनि आज भाजपामा सामेल भएका छन्। आजको समर्थन कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला समितिका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला महासचिव सुजेन्द्र राई, जिल्ला प्रवक्ता साकल देवान र डा. नाकुल छेत्री, जिल्ला सचिव सुमन प्रधान, जिल्ला कोषाध्यक्ष सन्दीप लखोटिया, महिला मोर्चा जिल्ला महासचिव बन्दना मंगर, मण्डल अध्यक्षहरू अनुप राई तथा सुष्मा लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

Advertisement