तवाङमा चौधौँ आईटीएम २०२६ को भव्य शुभारम्भ

FB_IMG_1793359856586

​तवाङ(अरुणाचल प्रदेश): अरुणाचल प्रदेशको तवाङमा दीप प्रज्वलन गरी चौधौँ अन्तर्राष्ट्रिय पर्यटन मार्ट (आईटीएम) २०२६ को औपचारिक उद्घाटन गरिएको छ। उत्तर-पूर्वी क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा पर्यटन क्षेत्रका अगुवाहरू, नीति निर्माताहरू, उद्योगीहरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

उद्घाटन समारोहमा केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री श्री गजेन्द्र सिंह शेखावत, सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ लगायत अन्य विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।
​तेह्र वर्षपछि पुन: तवाङमा फर्किएको यस मार्टले उत्तर-पूर्वी राज्यहरूका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावनालाई विश्वसामु प्रदर्शन गर्ने एउटा विशेष मञ्च प्रदान गरेको छ। यसका साथै, पर्यटन साझेदारीलाई बलियो बनाउन, व्यापारिक अन्तरक्रिया (बी टु बी) लाई सहज बनाउन, लगानी आकर्षित गर्न र रोजगारी तथा उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गर्न यसले मद्दत गर्नेछ।

About Author

Advertisement