तरुण संघ क्वार्टर फाइनलमा

IMG_20220805_211334.jpg

५ अगस्तः सालुगढ़ा (Salugara) नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार रोमाञ्चक जीतको साथ तरुण संघ क्वार्टर फाइनलमा पुग्यो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको प्री क्वार्टर फाइनल चरणको अन्तिम म्याचमा आज तरुण संघले मातिधर टी स्टेटलाई २-१-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म त मातिधर टी स्टेटको टीम अघि रहेको थियो तर दोस्रो हाफमा तरुण संघले २ गोल गरी क्वार्टर फाइनलमा स्थान बनायो। अब शनिवार खेलिने म्याचमा नेताजी युथ क्लब (सेभोक) र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।

About Author

Advertisement