तकदाह टिस्टाभेल्ली समष्टि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको युवा अनि नारी जनशक्ति फ्रण्टको गठन

IMG-20260209-WA0103

दार्जिलिङ: तकदाह टिस्टाभेल्ली समष्टि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको युवा अनि नारी जनशक्ति फ्रण्टको गठन गरिएको छ। उक्त कार्यक्रम समष्टि अध्यक्ष ब्यानर राईको प्रतिनिधित्वमा साथै समस्त समष्टि प्रतिनिधिगणको सहयोगमा सम्पन्न गरियो। उक्त कार्यक्रमको सभापतित्व केन्द्रीय कार्यकारी सदस्य बुद्ध मंगरले गरेका थिए। सभालाई समष्टिको सल्लाहकार सुरज सुब्बाले सञ्चालन गरेका थिए।

उक्त कार्यक्रमको मुख्य अतिथिको रुपमा दार्जीलिङ महकुमाका युवा संयोजक राब्गे राई अनि नारी संयोजिका नोरा सुब्बा उपस्थित रहेका थिएँ। सभाको उद्देश्य मुख्यतः समष्टिलाई दह्रिलो बनाउन युवा अनि नारीको सहभागिता अनि एकबद्धता अति नै महत्वपूर्ण रहेको हुन्छ भन्ने थियो।

सभामामा तकदाह टिस्टाभेल्ली समष्टिको युवा अनि नारी संगठन पुनः गठन भएको छ।उक्त कार्यक्रममा युवा अनि नारी पदाधिकारीलाई दार्जीलिङ महकुमाद्वारा सम्मानपूर्वक नियुक्ति पत्र प्रदान गरिएको छ।उक्त पदभारीगणमा
युवा जनशक्ति फ्रण्ट, तकदाह टिस्टाभेल्लीको अध्यक्ष बादल राई, उपाध्यक्ष अमरजित गुरुङ, निर्मल छेत्री र दृश्य गुरुङ, महासचिव राजेश दर्नाल, सह सचिव सिद्धु राई, पुरण राई र मार्क्स लोहागुण रहेका छन्।‌

त्यसरी नै मिडिया संयोजक साईबा गुरुङ, महकुमा प्रतिनिधि सन्नी सुब्बा र साजन बान्तवा राई रहेका छन्।
त्यसरी नै नारी जनशक्ति फ्रण्ट, तकदाह टिस्टाभेल्ली समष्टिमा अध्यक्षा पूजा मुखिया, उपाध्यक्ष योगिता तामाङ राई, रोशनी तामाङ, रेणु राई, महासचिव अञ्जना गुरुङ,बन्दना गुरुङ, सह-सचिव दिप्ती थापा र निर्माया राई, महकुमा प्रतिनिधि सरु छेत्री र रोशनी तामाङ रहेका छन्।

About Author

Advertisement