ड्रग्सको तस्करीमा संलग्न तीन तस्कर गिरफ्तार

IMG-20240717-WA0003

नगाउँ (असम):नगाउँ जिल्लाको कसुवा पुलिसले ड्रग्स विरोधी अभियान चलाएर ठूलो परिमाणमा ड्रग्स सहित तीनजना तस्करलाई नियन्त्रणमा लिए।
पुलिसका अनुसार, गुप्त सूचनाको आधारमा अभियान चलाएर येन मौकामा कसुवा तिनालीबाट तीनजना ड्रग्स तस्करलाई पक्राउ गरिएको छl ती तस्करहरुमा शराफत अली, सिराजुल हक र माफिजुल इस्लाम रहेका छन्।
यी आरोपीका साथबाट ६७ वटा प्लास्टिकका स-साना शिशाको बोतलमा भरेर राखिएको ड्रग्स बरामद गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी तीनै जना आरोपीसंग जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement