डोनर मन्त्रालयका संयुक्त सचिव अनुराधा एस. चगती गेजिङ भ्रमणमा

IMG-20221128-WA0359.jpg

गेजिङ: केन्द्रिय डोनर मन्त्रालयका संयुक्त सचिव श्रीमती अनुराधा एस. चगतीले आज गेजिङ जिल्लाको भ्रमण गरिन्। यस अवधि उनीसँग जिल्लापाल सुश्री येस्सी डी. योङ्दा, विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो। विद्युत विभागीय अतिरिक्त मुख्य अभियन्ता एस.डी. भोटिया, सीईओ शुबिह जी., पशुपालन एवं पशु चिकित्सा विभागीय अतिरिक्त निदेशक डा. एन. सिञ्चुरी, पीएमजीएसवाईका एसई श्रीमती पी. गुरुङ, उप-पञ्जीकर श्रीमती एल. गेन्सापा, डीएमएस डा. एन भोटिया, लगायत अन्य साथमा थिए।

बिहान ६ बजीदेखि शुरु गरिएको भ्रमण अवधि शुरुमा पेलिङमा स्थित यात्रीवाहक घिर्लिङ प्रणाली योजनाको निरीक्षण गरियो। राज्यको पर्यटन विभागद्वारा कार्यान्वयन गरिएको यस योजनाको निम्ति पीएम डिभाइनद्वारा कोष पोषित गरिएको हो। प्रमुख अभियन्ता निरज प्रधान, डीई पिन्छो पुल्गर अनि टोलीले यसको प्राविधिक विषयमाथि विस्तृत रूपमा प्रदर्शनी गरे। मार्चको अन्तसम्म यो घिर्लिङ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस टोलीले यसपछि संघ छोइलिङ गुम्बामा रहेको अप्पर टर्मिनल योजनाको निरीक्षण गऱ्यो। प्रतिनिधि टोलीले चेनरिजिग सिङखाम रिवो पोटालाको पनि भ्रमण गऱ्यो। योसँगै आज उनले लबिङमा क्षेत्र विधायक एवं विधानसभा उपाध्यक्ष साङ्गे लेप्चासँग संयुकत रूपमा आईसीडीएस केन्द्रको उद्घाटन गरिन्। एकीकृत बाल विकास सेवा केन्द्र पछौटे खण्ड विकास कोषमार्फत निर्माण गरिएको हो।

About Author

Advertisement