डेसीमल जमिनको पर्जा पट्टाको विरोधमा मिरिकको बीडीओ-लाई ज्ञापन

MI.jpg

मिरिक: राज्य सरकारले चियाकमानमा बसोबास गर्ने मानिसहरूको लागि वितरण गरिने ५ डेसीमल जमिनको पर्जा पट्टाको प्रतिवाद जनाँउदै आज बिहीबार जोइन्ट फोरमका प्रतिनिधिहरूले मिरिक खण्ड विकास कार्यालयमा पुगेर मिरिक खण्ड विकास अधिकारी मार्फत् मुख्यमन्त्रीलाई एउटा ज्ञापन पत्र चढाए। सो ज्ञापनमा ५ डेसिमल जमिनको पर्जापट्टा दिने कुरालाई फिर्ता लिनुपर्ने माग गर्नको साथै तिनीहरूले चियाकमानमा बसोबास गर्दै आइरहेका चिया श्रमिकहरूको सम्पूर्ण जमिन, कोठेबारी, सार्वजनिक स्थल आदिको सम्पूर्ण जमीनलाई खतियान सहितको पर्जापट्टा वितरण गरिनु पर्ने माग गरेको बताइएको छ। जोइन्ट फोरमका प्रवक्ता सुनिल राई, गोजमुमोको श्रमिक नेता सूरज सुब्बा, दार्जिलिङ चियाकमान मजदुर युनियन नेता किस्मत तामाङ, हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङ आदिले एकै स्वरमा हामी केवल ५ डेसीमल जमिनमा पर्जा पट्टा विरण गर्ने कुरोको घोर प्रतिवाद गर्दछौ भन्दै यसको विरोधमा आफुहरू आन्दोलन गर्न तयार रहेको बताए।

About Author

Advertisement