गान्तोक: गान्तोक नगर निगमले वार्ड–०७ अन्तर्गत पर्ने डेभलपमेन्ट एरियामा “आकांक्षी सार्वजनिक शौचालय” को उद्घाटन गरेको छ। उक्त सुविधा जीएमसीसँग आवद्ध सफाइ मित्रा श्रीमती रोमा तामाङले औपचारिक रूपमा उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा डेपुटी मेयर छिरिङ पाल्डेन भुटिया, जो डेभलपमेन्ट एरियाका वार्ड पार्षद पनि हुन्, उपस्थित थिए। साथै नगर निगमका आयुक्त तथा जीएमसीका अन्य अधिकारीहरूको पनि उपस्थिति रह्यो।
नगर निगमका अनुसार यस सार्वजनिक शौचालयको स्थापना नगरवासी तथा आगन्तुकहरूलाई स्वच्छ र सहज सरसफाइ सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको हो।










