खरसाङ: खरसाङ विधानसभा समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीमा रहेको बुथ नम्बर २६२ मा सिविटारको यस मतदान केन्द्रमा अहिले पनि रोडको सुबिधा नभएकोले मतदाताहरु डेढदेखि दुई किलोमिटरसम्म पैदल हिँडेर गई मतदान गर्नको साथै मतदान गरेर पुनः तेति नै पैदल हिँडेर घर फर्कनु पर्ने बाध्यता रहेको छ। पैदल हिँडेर गई मतदान गर्नेहरुमा ७० देखि ८० वर्षसम्मका वृद्ध वृद्धाहरु पनि देखिएको छ। सिविटारको यस मतदान केन्द्रमा रोड लगिए असल हुने कि चै रोड भएको कुनै सरकारी भवनतिर मतदान केन्द्र सार्न सकिए मतदाताहरुलाई धेरै सुविधा हुने देखिएको छ। यस मतदान केन्द्रमा पहिलादेखि नै मतदान हुँदै आएको छ। तर अहिले सबैतिर रोड पुगे पनि यस मतदान केन्द्रसम्म रोड नपुगेकोले मतदान कर्मीहरु र सुरक्षा कर्मीहरु पैदल हिँडेर जानुपर्ने अवस्था छ भने यस क्षेत्रमा मतदानको लागि सबैजना पैदल हिँडेर मतदान गर्न पर्ने र मतदान गरेर पुनः पैदल फर्कनु पर्ने बाध्यता रहेको छ। यसपाली सिविटार चियाबारी यस २६२ नम्बरको बुथमा ८२ प्रतिशत मतदान भएको छ जुन गत चुनाउहरुको तुलनामा राम्रो प्रतिशत हो। यस बुथमा यसपाली जम्मा मतदाताहरु ७४४ जना थिए जसमा ६१२ जनाले आफ्नोे मताधिकारको प्रयोग गरेका छन्। यस बुथमा ८२ प्रतिशत मतदान भएको छ। यहाँ चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। विशेष गरी यसपाली मतदाता सूचीको विशेष गहन संसोधन एसआईआरपछि चुनाउ भएकोले मानिसहरु बिहानदेखि नै उत्साहजनक रुपमा उपस्थित भएर चुनावमा सहभागिता जनाएका थिए। मानिसहरु बिहानदेखि नै लाइनमा उँभिएर मतदान गरेका थिए। यसमा प्रथम मतदान गर्ने युवा मतदाताहरु साथै ७० देखि ८० वर्ष नाघेका वृद्ध वृद्धाहरु पनि उपस्थित भएर मतदान गरेको देखिएको छ।

यस बुथमा पनि सुरक्षाको व्यवस्था कठोर पारिएको थियो जसमा प्रत्येक मतदाताले आफ्नो मोबाइल पनि भित्रपट्टि लान मनाही गरिएको थियो भने मोबाइल फोन बाहिरपट्टि राख्नलाई व्यवस्था गरिएको देखिएको छ। तर










