डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्तीको दोस्रो दिन विभिन्न कार्यक्रमसहित पालन

IMG-20241228-WA0285

बीरपाडा: डुवर्स, नेपाली साहित्य विकास समितिको आयोजनामा सम्पन्न तीन दिने स्वर्ण जयन्ती समारोह दोस्रो दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अलिपुर द्वार जिल्लाको बीरपाडा नेपाली हाइ स्कूलको खेलमैदानमा सम्पन्न कार्यक्रममा नेपाल, भारत, भोटान लगायत भारतका विभिन्न राज्य र अन्य अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न कवि तथा साहित्यकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण साहित्यिक सत्र थियो, जसमा कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरे। कार्यक्रममा स्थानीय कवि दुर्गा राईद्वारा लिखित “मुर्दाको देश” नामक कविता संग्रहको विमोचन गरिएको थियो। यो संग्रहले नेपाली समाज र संस्कृतिलाई चित्रण गर्ने गहन सन्देश प्रवाह गरेको बताइएको छ। विमोचन समारोहमा डाक्टर नवराज लम्साल काठमाडौ , राजा पुन्यानी, डा. कविता लामा र डा. राजेन्द्र भण्डारीजस्ता प्रतिष्ठित साहित्यकारहरूले सम्बोधन गरे। साहित्यिक प्रस्तुतिका क्रममा सन्जिव गुरुङ कोलकाता ,तिलक राई भुटान , अप्सरा दहाल, पेम नर्बु शेर्पा, प्रविण राई सिक्किम ,पुरु लम्साल, देविका मंग्राती खरसाङ लगायत अन्य थुप्रै प्रतिष्ठित कविहरूले आफ्ना कविता प्रस्तुत गरे।

उनीहरूको सिर्जनाले नेपाली साहित्यको विविधता र गहनतालाई दर्शायो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा लोकसभा सांसद मनोज तिग्गा रहेका थिए। उनले आफ्नो सम्बोधनमा विविधतामा एकता नै हाम्रो स कार्यक्रमका प्रमुख अतिथि , संसद मनोज तिघाले “युनिटी नै डाइभरसिटी हाम्रो सम्पदा हो” भन्ने गहन सन्देश प्रवाह गरे। उनले नेपाली साहित्यकको विकास र संरक्षणका लागि सबैले एक भएर काम गर्नुपर्नेमा जोड दिए। उनको भनाइ अनुसार साहित्य समाजको ऐना हो, र यसले हाम्रो मौलिक पहिचानलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। समारोहका सभा अध्यक्ष रहेका मन कुमार सुब्बाले आफ्नो सम्बन्धमा नेपाली साहित्य क्षेत्रमा काम गर्दा सबैलाई लाभ पुग्ने बताए उनले समितिको ५०औं वर्षगाँठ कार्यक्रमलाई बधाई दिए।

समारोहको दोस्रो दिनको यो कार्यक्रमले साहित्यिक मञ्चमा नेपाली भाषा र संस्कृतिलाई नयाँ उचाइमा पऱ्याउन महत्त्वपूर्ण योगदान दिएको बताए। यसले नेपाली साहित्यको विश्वव्यापी पहुँचलाई अझ सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेको छ।

About Author

Advertisement