डुवर्स तामाङ बौद्ध संघको त्रैवार्षिक सभा सम्पन्न

86fb64e3-9eac-454d-b8da-4b3e2187bd61

कालचिनीः आइतबार बीरपाड़ा पथेर साथीको सभागृहमा डुवर्स तामाङ बौद्ध संघको त्रैवार्षिक सभा संघको उपाध्याक्ष मणि कुमार योञ्जनको सभाध्याक्षतामा सम्पन्न भयो। सो सभामा संघको मुख्य प्रधान संरक्षक सतिश थिङ लगायत संघको मूलसचिव कुमार गोले, केन्द्रिय सदस्य प्रदिप मोक्तान, राजु स्याङदान, मनकाजी तामाङ, सुमन पाख्रिन, विक्रान्त लामा, कोषाध्याक्ष पेमा लामा, ताम्बा लाक्पा योञ्जन, कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु तामाङ, औ पूर्व,मध्य र पश्चिम डुवर्सबाट आएका विभिन्न शाखा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा प्रथमत संघका दिवङ्गत सदस्यहरूको स्मृतिमा एक मिनटको मौन धारण पालन गरिएपछि मूलसचिवको प्रतिवेदन कुमार गोलेले प्रस्तुत गरेको थियो। यस क्रममा माल, मटेली, नगरकट्टा, बानरहाट, मदारीहाट बीरपाड़ा र कालचिनी ब्लकका प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रको रिपोर्ट साथै प्रस्ताव राखेको थियो।
यसै सभामा बुद्ध गयामा बीटीएमसीको ऱ्यालीमा सहभागी हुने संघको ५ जना सदस्यहरूलाई खदा पहिराएर सम्वर्द्धना जनाएको थियो। सभामा विस्तृत रुपमा आगामी २३, २४ र २५ जनवरीको दिन दार्जीलिङको सोरेङमा सम्पन्न हुने अखिल भारतीय तामाङ बौद्ध संघको ३२औँ वार्षिक अधिवेशन साथै ५औँ डुवर्सव्यापी सोनम ल्होछारबारे चर्चा भएको थियो। अन्ततः सभामा संघको वर्तमान केन्द्रिय अध्यक्ष डीबी वाईबाको अनुपस्थिति एवम् संघका सल्लाहकार लगायत कतिपय केन्द्रिय सदस्यहरूको अनुपस्थितिको कारण कमिटी विघटन नगर्दै संघको सम्विधान अनुरूप आगामी ३ महीनाको निम्ति पुरानो कमिटीलाई नै अस्थायी रुपमा मान्यता दिईने निर्णय लिएको संघको उपाध्याक्ष मणि कुमार योञ्जन र मूलसचिव कुमार गोलेले जनाएका छन्।
आगामी दिनमा सभामा उठेका विभिन्न प्रस्ताव दाबीहरूलाई संघले चिन्तन मनन गरेर यसमाथि कार्य गर्ने वर्तमान मूलसचिव कुमार गोलेले थप जनाएका छन्।

About Author

Advertisement