डीआर थापाले रानीपुल दुर्घटनाका घाइतेहरूसॅंग अस्पतालमा भेट गरे

IMG-20240211-WA0237.jpg

गान्तोक: हिजो साँझ रानीपुलमा भएको भीषण दुर्घटनामा घाइते भएर मणिपाल अस्पतालमा उपचाराधीन रहेका घाइतेहरूलाई भारतीय जनता पार्टी, सिक्किम प्रदेश अध्यक्ष एवं अप्पर बुर्तुकका विधायक डीआर थापाले भेट गरेर स्वास्थ्य स्थितिको जायजा लिएका छन्।

अध्यक्ष थापाको साथमा पार्टीका अन्य पदाधिकारीहरू पनि उपस्थित रहेको प्रेस बयानमा उल्लेख छ। उक्त भीषण दुर्घटनामा तीनजनाको ज्यान गएको थियो भने लगभग २० जना गम्भीर घाइते भएका थिए। अध्यक्ष थापाले घाइतेहरूसित भलाकुशारी गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसका साथै हिजोको घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो सम्वेदना प्रकट गर्दै मृतात्माहरूको चीर शान्तिको कामना गरेका छन्।

About Author

Advertisement