खरसाङ: डिलरहरुको विभिन्न मागहरु लिएर चलिरहेको राशन दोकानहरु बन्द भोलि मंगलबारदेखि खोलिने भएको छ। आज रंगबुलमा जीटीए प्रमुख अनित थापासित सभा सम्पन्न भएको छ भने सभापछि राशन दोकानहरु भोलि मंगलबारदेखि खोलिने भएको छ। रंगबुलमा आयोजित सभामा जीटीए प्रमुख कार्यपाल अनित थापा, डेपुटी चेयरम्यान राजेस चौहान लगायत दार्जिलिङ जिल्ला र कालेबुङ जिल्ला कन्ट्रोलरहरु, दार्जिलिङ -कालेबुङ जिल्ला फेयर प्राइज शप्स डिलर जोइन्ट एक्शन कमिटीको उपस्थितिमा उक्त निर्णय गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा खाद्य विभागको मुख्य सचिव, एमआईसी खाद्यान्न अनि जीटीए प्रमुखको अनुरोधमा राशन दोकानहरु बन्द अहिलेलाई स्थगित गरिएको र भोलि मंगलबारदेखि राशन वितरण गरिने भएको जानकारी फेयर प्राइज शप्स एसोसिएसन खरसाङको सचिव अजय प्रधानले जानकारी गराएका छन्।

उल्लेखनीय छ, विभिन्न मागहरु लिएर दार्जिलिङ र कालेबुङ जिल्ला फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा गत १ फरवरीदेखि राशन दोकानहरु बन्द गरेर धारणा प्रदर्शन गरिरहेका थिए।










