सिक्किम : सिक्किममा समाजको विभिन्न क्षेत्रमा काम गर्ने विशिष्ट मानिसहरूलाई डा. अम्बेडकर राष्ट्रीय फेलोशिप पुरस्कार अनि भगवान बुद्ध फेलोशिप राष्ट्रीय पुरस्कारद्वारा सम्मानित गरियो। पुरस्कार वितरण समारोह नयाँ दिल्लीमा आयोजित गरियो। पुरस्कार विजेताहरूलाई टीमका नेतृत्व भारतीय दलित साहित्य अकादमी सिक्किमको प्रदेश प्रदेश अध्यक्ष दिलखुश रुचलले गरे। विजेताहरूको नाम यस प्रकारको छ।
डा अम्बेडकर राष्ट्रीय फेलोशिप पुरस्कार:- (१) कृष शाह, गान्तोक (२) सञ्जय प्रधान, लेगशिप (३) राम कु. दार्जी, मंगन (४)। सुनील विश्वकर्मा (धमाला), नाम्ची (५)। सौरभ दर्नाल, पाकयोग (६) मिस देविका बराइली, गेजिङग (7) मिस सञ्जना दर्जी, मंगन (8 ) कुमारी सत्य दर्नाल, दरमदीन (9) सुनिता गडेली, नाम्ची (10) मगल दियाली, पाक्योंग (1 1) ललित पोर्टल, नाम्ची। यसको साथै भगवान बुद्ध फेलोशिप राष्ट्रीय पुरस्कारद्वारा कुंगा ताशी टोंगडेन लेप्चा, गान्तोकलाई सम्मानित गरियो।









