ठगीमा मुछिएपछि ऋषिकेशले हटाए स्वकीय सचिव

IMG-20250103-WA0180

विराटनगर: सघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन्।
एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप लागेपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन्। मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेका थिए।
ठगीमा परेको भन्दै बौआलाले उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिएन्। त्यसपछि उनी उच्च अदालत विराटनगरमा गएका थिए। उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन्।
सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन्।उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ। साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन्।

About Author

Advertisement