टोलकप नकाउट फुटबल प्रतियोगिता हुँदै

photocollage_20241029214745830

उर्लाबारी: सिमसार फुटबल क्लब द्वारा आयोजित प्रतियोगिताको आजको चौथो दिन हिजोको बाकी रहेको दोस्रो हाफ सुनझोडा (बल्लुचोक) उर्लाबारी-२ र सिमसार फुटबल क्लब उर्लाबारी-२ को खेलमा सुनझोडा बिजयी भएको थियो। सुनझोडा ( बल्लुचोक) उर्लाबारी-२ ले सिमसार फुटबल क्लब उर्लाबारी-२ लाई १-० गोल गर्दै जीत हासिल गरेको थियो। सिमसार फुटबल क्लबको नबिन श्रेष्ठले कर्नरबाट आएको बल बचाउने क्रममा गोल भएको थियो।उक्त खेलमा उत्कृष्ट गोल गर्दै सुनझोडाको शक्ति राइ लाई म्यान अफ म्याच घोषित भएका थिए।
यसैगरि आजै अर्को दोस्रो खेलमा सुनझोडा र सिरुझार बिचको सेमिफाइनल खेल भएको थियो। उक्त खेलमा सुनझोडा ले सिरुझार लाई २-० गोल गर्दै जीत हासिल गरेको थियो। सुनझोडाको लागि पहिलो हाफमा मनिष राइले १ गोल र दोस्रो हाफमा शक्ति राइले १ गोल गरेका थिए। उक्त खेलमा उत्कृष्ट गोल गर्दै सुनझोडाका मनिष धिमाल म्यान अफ द म्याच घोषिट भएका थिए।
आज खेल सगै सुनझोडा क्लब फाइनल प्रवेश गरेको छ।
भोली पाचौ दिन दोस्रो सेमिफाइल खेल आयोजक टोली सिमसार स्टार क्लब र चादनी क्लब उर्लाबारी-२ बिच ३ बजे हुँने छ।
उक्त प्रतियोगितामा प्रथम हुने टिम लाई ट्रफी, मेडल , प्रमाणपत्र र नगद रु सात हजार पाँच सय पच्पन्न रहेको र दोस्रो हुने टिम लाई टिम लाई ट्रफी, मेडल , प्रमाणपत्र र नगद रु चार हजार पाँच सय पच्पन्न रहेको सिमसार फुटबल क्लब ले जनाएको छ।

About Author

Advertisement