टोटो चोरीको आरोपमा दुई जना पक्राउ

IMG-20230929-WA0241.jpg

सिलगढी: भक्तिनगर पुलिसले टोटो चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुई जनाको नाम सुमन पाल र प्रसेनजित साह रहेको छ। सुभाषनगरका एक व्यक्तिले हिजो भक्तिनगर पुलिस थानामा टोटो चोरीको लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा पुलिसले पहिले हिजो सुमन पाललाई पक्राउ गरेको थियो भने पछि चोरीको बहानामा टोटो किनेको आरोपमा प्रोसेनजित साहलाई पक्राउ गरेको थियो। सिलगढी पूर्वी बाइपासबाट चोरी भएको टोटो पनि बरामद भएको छ। पक्राउ परेका दुवैलाई शुक्रबार जलपाईगुडी अदालतमा पठाइएको छ।

About Author

Advertisement