टोटोलाई भिन्टेज कारमा परिणत गरेपछि पुलिसले नियन्त्रणमा लिए

IMG-20250218-WA0247

जलपाईगुडी: टोटोको मोडल परिवर्तन गरी भिन्टेज कारमा परिणत गरेपछि पुलिसले उक्त भिन्टेज कारलाई नियन्त्रणमा लिएको छ।
ट्राफिक पुलिसले यस परिमार्जित टोटोलाई जलपाईगुडी जिल्लाको मयनागुड़ीमा देखे र सीधै मयनागुड़ी पुलिस स्टेशन लगे।
पुलिसले कारमा बसेकाे एक स्थानीय बासिन्दा सोध्दा, उसले उक्त कार, असलमा एउटा टोटो रहेकाे बताएक। पुरानो जमानाकाे लग्जरी कारकाे नकल गरी टोटोलाई यस्ताे रुप दिएकाे उसले बताए।
ज्ञातव्य हो कि कार को निर्माण विवाहमा किरायामा दिने उद्देश्यले गरिएको थियो।
मयनागुड़ी थानाकाे आईसी सुबल घोषले गाडीको बारेमा यातायात विभागलाई जानकारी दिने बताए।
यातायात विभागकाे नियम अनुसार यस्तो सवारीसाधन उत्पादन गर्दा कानुनी जटिलता देखिएमा उक्त कारको सञ्चालकलाई पत्ता लगाएर कानुनी कारबाही गरिने आईसी सुबल घोषले बताए।


तर, घटनामा गाडीका चालक भने फरार छन्। पुलिसले चालकको खोजी गरिरहेको छ। तर, यो कार विवाह र रिसोर्टमा भाडामा लिनको लागि बनाइएको स्रोतले जनाएको छ।

About Author

Advertisement