टेस्ट टीममा सामेल हुन पन्त न्यूजील्याण्डमा

IMG-20261112-WA0072

नयाँ दिल्ली: भारतीय विकेटकीपर ब्याटर रिषभ पन्तले फिटनेस टेस्टपछि खेल्ने अनुमति पाएर बिहीवार न्यूजील्याण्ड प्रस्थान गरे। उनी शुक्रवार वेलिंगटनमा भारतीय टेस्ट टोलीमा सामेल हुनेछन्, जहाँ १९ नोभेम्बरदेखि सीरीजको शुरुवात हुनेछ। पन्त चोटबाट मुक्त हुने प्रक्रियामा थिए अनि उनलाई बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-को मेडिकल टीमबाट फिटनेस क्लीयरेन्स प्राप्त भएको छ। बेंगलुरु स्थित बीसीसीआईको सेण्टर अफ एक्सीलेन्स (सीओई)-मा लामो समयसम्म पुनर्वास कार्यक्रम पूरा गरेपछि मेडिकल टीमबाट खेल्ने अनुमति पाएर पन्तले बिहीवार बिहान न्यूजील्याण्ड प्रस्थान गरे। उनी सिंगापुरबाट कनेक्टिंग फ्लाइटको माध्यमले न्यूजील्याण्ड पुगे। अब उनी न्यूजील्याण्डको समय अनुसार शुक्रवार बिहानै वेलिंगटन पुग्नेछन्। पन्तले सोशल मीडियामा फ्लाइटको तस्वीर पनि साझा गरेका छन्। उल्लेखनीय छ, पन्तलाई अक्टोबरमा ईरानी कपको म्याचमा शेष भारतको कप्तानी गर्दा चोट लागेको थियो। त्यसपछि उनले २३ अक्टोबरदेखि सीओई-मा पुनर्वास शुरु गरेका थिए। सीओई-मा रहँदा नै पन्तलाई न्यूजील्याण्ड यात्राको निम्ति भारतीय टेस्ट टोली र टेस्ट सीरीज अघि न्यूजील्याण्ड ए विरुद्ध ३ वटा ४ दिवसीय म्याचको निम्ति भारत ए टोलीमा चयन गरिएको थियो तर उनको उपलब्धता फिटनेसमाथि निर्भर थियो। चोट समयमा निको नहुँदा पन्तले भारत ए-बाट खेल्ने अवसर पाएनन्।

About Author

Advertisement