टेट परीक्षा विरूद्व थानामा एफआईआर दर्ता : हाम्रो भावनासँग खेलवाड भएको छ, हामी चूप लागेर बस्न सक्दैनौं: नोरा सुब्बा

IMG-20230926-WA0275.jpg

दार्जीलिङ: फर्जी टेट परीक्षा गराएको आरोप लगाउँदै नोरा सुब्बाले जीटीएको तत्कालीन चेयरम्यान, जीटीएको शिक्षा विभाग लगायत अन्य सम्बन्धित विभागीय अधिकारीहरू विरूद्व आज दार्जिलिङ सदर थानामा एफआईआर दर्ता गरेका छन्। गत १४ फरवरी २०२१ को दिन जीटीएले टेट परीक्षाको आयोजना गरेको थियो अनि उक्त परीक्षामा आफु पनि एक परीक्षार्थीको रूपमा अंश ग्रहण गरेको थिए तर आज यतिका दिनहरू बितिसक्दा पनि टेट परीक्षाको परिणाम सर्वजनिक नहुँदा साथै निर्वाचित सभासद विनय तामाङले गरेको खुलासा अनि फिन्जो वाङ्गेल गुरूङले गरेको आरटीआईको प्रति उतेतर सार्वजनिक भएपछि मेरो भावनासँग खेलवाड गरेको आभास गर्दै आफुले आज सदर थानामा जीटीएको तत्कालीन चेयरम्यान, जीटीएको शिक्षा विभाग विभाग लगायत अन्य सम्बन्धित विभागहरू विरूद्व आफुले सदर थानामा एफआईआर दर्ता गरेको नोरा सुब्बाले दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई बताएकी छन्।उनले अघि भनिन् – जीटीएद्वारा आयोजित टेट परीक्षाको समयमा आफु सिङगापूरमा काम गर्न गएको थिएँ अनि घर परिवारसँग कुराकानी गरेर मैले टेट परीक्षाको फारम दर्ता गराएको थिएँ। १४ फरवरीको परीक्षामा अंश ग्रहण गर्न विदेशबाट तत्काल टिकट काटेर आएको थिएँ अनि मेरो परीक्षा केन्द्र मंग्पूमा परेको थियो।परीक्षा केन्द्रमा पुग्नलाई मैले गाडी रिजर्ब गरेर गएको थिएँ।’
उनले अझ भनिन् – टेट परीक्षामा १४ हजार ४ सय ९९ परीक्षार्थीहरूले अंश ग्रहण गरेका थिए अनि आफुले जस्तै ती परीक्षार्थीहरूले पनि हुनसम्मको समस्याहरूको सामना गर्न परेको हुन सक्छ। टेट परीक्षा भएको धेरै दिनहरू बितिसकेको छ तर आजसम्म टेट परीक्षाको परिणाम सार्वजनिक नहुँदा हाम्रो मनमा शंका र उपशंकाहरूले बास गरी सकेको थियो। त्यसैबीच निर्वाचित सभासद विनय तामाङको टेट परीक्षामाथिको गुप्त कुरा सार्वजनिक र फिन्जो वाङगेल गुरूङद्वारा दर्ता गरिएको आरटीआईको रिपोर्टले हाम्रो मनमा ठेस लागेको छ अनि हाम्रो भावनासँग खेलवाड भएको हामीले आभास गरेका छौं।’ सुब्बाले भनिन् -‘आफु जस्तै अन्य धेरै शिक्षित युवा युवतीहरूले टेट परीक्षामा अंश ग्रहण गरेका थिए। ती सबै परीक्षार्थीहरूको भावनासंग खेलवाड भएको मैले आभास गरेको छु। टेट परीक्षामा अंश ग्रहण गर्ने सबै परीक्षार्थीहरूले तत्कालीन जीटीए चिफ, जीटीएको शिक्षा विभाग लगायत अन्य सम्बन्धित विभागीय अधिकारीहरू एफआईआर दर्ता गर्ने नोरा सुब्बाले अनुरोध गरिन्। उनले स्पष्ट शब्दमा भनिन् – यहाँ रूपियाँ पैसाको प्रश्न छैन तर आफ्नो मान सम्मानको प्रश्न छ। जीटीए चेयरम्यान, शिक्षा विभागीय अधिकारीहरूले टेट परीक्षाको परीक्षार्थीहरूसँग माफी नमांगे हामी सडकमा ओर्लिन बाध्य बन्ने छौं भन्ने सुब्बाले चेताउनी दिएकी छन्।

About Author

Advertisement