टेट परीक्षामा छह गलत प्रश्नको उत्तर दिनेहरूको नम्बर बढ़ाउने आदेश

13_04_2023-calcutta_hc_news_23384500.jpeg

कोलकाता: कलकत्ता हाईकोर्टले बिहीवार २०१४ को प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) मा छह गलत प्रश्नहरूको जवाफ दिने परीक्षार्थीहरूको नम्बर बढ़ाउनपर्ने आदेश दिएको छ।न्यायमूर्ति सुब्रत तालुकदारको खण्डपीठले यो आदेश दिएको छ। टेट परीक्षामा गलत प्रश्नलाई लिएर तत्कालीन न्यायाधीश समाप्ति चटर्जीको पीठमा याचिका लागेको थियो तब न्यायाधीशले साँच्चैमा प्रश्न गलत छ कि न छैन, यसको जाँचको निम्ति विश्व भारती विश्वविद्यालयको एक समितिको गठन गरेका थिए।
समितिले आफ्नो रिपोर्टमा स्पष्ट गरेको थियो, छह प्रश्न गलत थियो। यसपछि कोर्टले केवल याचिका लगाउन परीक्षार्थीहरूको नम्बर बढ़ाउने आदेश दिएको थियो। यस विरुद्ध अन्य परीक्षार्थीहरू खण्डपीठमा पुगेका थिए र सबैको नम्बर बढ़ाउने माग गरेका थिए। तब न्यायमूर्ति हरीश टन्डनले यस मामिलामा एकल पीठको फसेलालाई कायम राखेको थियो, जस विरूद्ध सुप्रिम कोर्टम याचिका लागेको थियो। ०१ अप्रेल २०१९मा सुप्रिम कोर्टले मामिलालाई फेरि कलकत्ता हाईकोर्ट कहाँ फर्काएको थियो। यहाँ न्यायमूर्ति तालुकदारको खण्डपीठमा सुनवाई चलिरहेको थियो, जसमा बिहीवार फसेला आएको छ।

About Author

Advertisement