टी ईस्टा फेस्ट डी राइजिङ स्टार गायन प्रतियोगितामा मङपूकी प्रार्थना गुरुङ प्रथम, महेश तामाङ दोस्रो

f16cdc1f-b3ec-4dd2-8522-216307d1aec2

मङपू: दार्जिलिङमा हुन लागेको टी ईस्टा फेस्ट अन्तर्गत रंगली रंगलियट पुलिस थाना स्तरीय राईजिङ स्टार गायन प्रतियोगितामा मङपूकी प्रार्थना गुरुङ प्रथम र महेश तामाङ दोस्रो भएका छन्।‌
तकदाहमा आयोजित खण्ड स्तरीय ‘टी ईस्टा फेस्ट डी–राइजिङ स्टार’ गायन प्रतियोगितामा मङपूकी प्रार्थना गुरुङले प्रथम स्थान हाँसिल गरेकी छन् भने महेश तामाङले दोस्रो स्थान प्राप्त गरेका छन्। रङ्ली रङ्लियट पुलिस स्टेशनको आयोजनामा भएको उक्त गायन प्रतियोगिताको अन्तिम चरण अर्थात् टप टेन प्रतियोगिता तकदाह इन्जिनियरिङ कलेज भवनमा सम्पन्न भएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै प्रार्थना गुरुङले प्रथम स्थान हासिल गरी नगदराशि ५० हजारसहित ट्रफी प्राप्त गरिन्। त्यसैगरी महेश तामाङले दोस्रो स्थान हासिल गर्दै नगदराशि हजारसहित ट्रफी प्राप्त गरे। प्रतियोगितामा सहभागी अन्य आठजना प्रतियोगीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

About Author

Advertisement