टी२० ट्राई सीरीजमा पाकिस्तान च्याम्पियन

IMG-20221014-WA0123.jpg

१४ अक्टोबरः पाकिस्तानले आयोजक न्यूजील्याण्डलाई फाइनलमा ५ विकेटले पराजित गरी टी२० ट्राई सीरीजको खिताब जित्यो। शुक्रवार खेलिएको फाइनलमा आयोजक न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बटुल्यो। जवाफमा पाकिस्तानले ३ बल बाँकी रहँदै ५ विकेटमा १६८ रन बनाएर म्याच जित्यो। क्राइस्टचर्चको हाग्ले ओवल मैदानमा टस हारेर आज न्यूजील्याण्डले पहिला ब्याटिंग गऱ्यो। खराब शुरुवातपछि न्यूजील्याण्डले अन्तमा १६३ रन बनायो। कप्तान केन विलियम्सनले ३८ बलमा सर्वाधिक ५९ रन बनाए। उनले ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक ग्लेन फिलिप्सले २९ र मार्क चापम्यानले २५ रन बनाए। पाकिस्तानका बलरहरूमा नसिम शाह र हेरिस रउफले २-२ विकेट लिए। जवाफमा पाकिस्तानले कप्तान बाबर आजम (१५)-लाई पाँचौं ओभरमै गुमाए पनि मध्य क्रममा मोहम्मद नवाज र हैदर अलीको आक्रामक ब्याटिंगको सहायताले जीत हासिल गऱ्यो। नवाजले २२ बलमा ३ वटा छक्का र २ वटा चौकाको सहायताले अविजित ३८ रन बनाए। यसरी नै हैदर अलीले १५ बलमा ३ वटा चौका र २ वटा छक्काको सहायताले ३१ रन बनाए। यसबाहेक ओपनर मोहम्मद रिजवानले ३४ र इफ्तिखार अहमदले अविजित २५ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा माइकल ब्रेसवेलले २ विकेट हासिल गरे। यस टी२० ट्राई सीरीजमा पाकिस्तान र आयोजक न्यूजील्याण्ड बाहेक बंग्लादेशको टीमले हिस्सा लिएको थियो। पाकिस्तानका मोहम्मद नवाजले प्लेयर अव् द म्याच अनि न्यूजील्याण्डका ब्रेसवेलले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

About Author

Advertisement