टीएमसीका ३८ विधायक भाजपाको सम्पर्कमा रहेको मिथुन चक्रवर्तीको दाबी

कोलकाता: गत वर्ष विधानसभा चुनावअघि भाजपाको झण्डा समातेर राजनीतिमा प्रवेश गरेका मिथुन चक्रवर्तीले टीएमसीका ३८ विधायक भाजपाको सम्पर्कमा रहेको दाबी गरेका छन्। २१ जना विधायक आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेको पनि उनले बताएका छन्। मिडियासँग कुरा गर्दै मिथुन चक्रवर्तीले भने, ‘म तपाईलाई एउटा ब्रेकिङ न्यूज दिन्छु। तृणमूलका ३८ विधायक भाजपाको सम्पर्कमा छन्। तीमध्ये २१ जना मसँग प्रत्यक्ष सम्पर्कमा छन्। महाराष्ट्रमा गर्न सकिन्छ भने यहाँ किन सकिँदैन?’ तर, मिथुनको दाबीलाई सत्य मानिए पनि सरकार बन्ने छैन। भाजपाको हाल राज्यमा 69 विधायक मात्र छन्l मिथुनले भाजपाविरुद्ध विभिन्न किसिमका प्रचार भइरहेको पनि बताए।

About Author

Advertisement