टिस्टा बाढ पिढीत परिवारहरूको क्षतिको पूर्ण मूल्याङ्कन गर्न नयाँ सर्वेक्षण समिति गठन

IMG-20231110-WA0280.jpg

दार्जिलिङ: टिस्टा बाढ पिढीत परिवारहरूको क्षतिको पूर्ण मूल्याङ्कन गर्न नयाँ सर्वेक्षण समिति गठन गरिएको छ। जीटीएको सचिवालय भवन, लालकोठी कम्प्लेक्स, दार्जिलिङमा टिस्टाको बाढीका कारण प्रभावित परिवारहरूलाई दिइने क्षतिपूर्ति अनि सम्बन्धित विषयलाई लिएर एउटा बैठक बसेको थियो। बैठक सभासद नोर्देन शेर्पाको अध्यक्षतामा बसेको थियो। आजको सभाले पिढीतहरूको पूर्ण मूल्याङ्कन नभएको जनाउँदै छोडिएका परिवारहरूको क्षतिको मूल्याङ्कन गरेर अन्तिम रुप दिनु र क्षतिपूर्ति तय गर्दै त्यससँग सम्बन्धित मुद्दाहरूको मूल्याङ्कन गर्न १ दिसम्बर २०२३ देखि नयाँ सर्वेक्षण शुरु गर्नका लागि समिति गठन गर्ने सदनले निर्णय गरेको छ। टिस्टा, गेल खोला, २९ माइल, नाजोक र रियाङबाट चरणबद्ध रूपमा सर्वेक्षण सञ्चालन हुने सभाले निर्णय लिएको बताइएको छ।
उक्त नयाँ सर्वेक्षण समितिमा चुनिएका सदस्यहरूमा अध्यक्षको रूपमा जीटीएको पर्यटन विभागको कार्यकारी सभासद
नोर्देन शेर्पा, जीटीएको समाज कल्याण विभागकी कार्यकारी सदस्या सिनोरा नाम्चु, जीटीएको सिँचाई विभागको कार्यकारी सभासद रतन थापा, जीटीएको अल्पसंख्यक विभागको एमओडी सभासद मणिप्रसाद राई, सभासद पिरे राई, सभासद हेमन्त राई,
कालेबुङ खण्ड एक र लाभा खण्डको सभापति र सहकारी सभापति, टिस्टा, रङ्पू, नाजोक ग्राम पञ्चायतहरूको पञ्चायत प्रधान अनि स्थानीयहरू सन्तोष प्रधान, विशाल राई, तिलक भुजेल र टिस्टा बाढी पीडित परिवारका प्रतिनिधिहरू साथै जिल्लापाल, कालेबुङ, ब्लक विकास अधिकारी, कालेबुङ एक विकास खण्ड र एनएचपीसीतीन र चारको प्रतिनिधिहरू चयन गरिएका छन्। उक्त समितिले १० दिसम्बर २०२३ भित्र सिफारिससहितको प्रतिवेदन पेश गर्ने जानकारी सबैलाई दिइएको छ।

About Author

Advertisement