झापामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

IMG-20241013-WA0065

झापा (बिर्तामोड़): पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर-७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ।
दुर्घटनाबाट स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
साइकल यात्री सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो।
आज बिहान ७ः३० बजेतिर मेचीनगर-७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। अहिले यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ।

About Author

Advertisement