झापाको शनिश्चरे क्षेत्रमा भारी वर्षा

IMG-20240718-WA0054

झापा: देशका केही ठाउँमा रातिदेखि पानी पर्ने क्रममा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा ९८ मिलिमिटर पानी परेको छ। शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको जनाइएको छ। शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि ठूलो वर्षा भएको, त्यस क्षेत्र भइ बहने बिरिङ, अंधुवा र अरु स-साना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। झापाकै निन्दा खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

About Author

Advertisement