कोलकाताः पश्चिम बङ्गालका पूर्व मुख्यमन्त्री ज्योति बसुको पुण्यतिथिमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले श्रद्धाञ्जलि दिए अनि कोलकातमा स्थापना भइरहेको ज्योति बसु सेन्टर फर सोशल स्टडीज एण्ड रिसर्च केन्द्रको स्थापनामाथि खुसी व्यक्त गरे।
वामफ्रण्ट अध्यक्ष विमान बसुको नाममा बुधवार जारी बयानमा नीतीशले भनेका छन्- “यो मेरो लागि हर्षको विषय हो कि पश्चिम बङ्गालका सबैभन्दा लामो कालसम्म मुख्यमन्त्री रहेका लोकप्रिय नेता ज्योति बाबुको पुण्यतिथिमा कोलकातामा ज्योति बसु सेन्टर फर सोशल स्टडीज एण्ड रिसर्च भवनको आधारशिला राखिँदैछ। साथै धर्मनिरपेक्ष लोकतान्त्रिक गणराज्य समक्ष चुनौती विषयक राष्ट्रिय सेमिनार आयोजना गरिँदैछ।”
उक्त सेमिनारमा सामेल हुनका लागि नीतीश कुमारलाई आमन्त्रित गरिएको थियो, तर उनी उपस्थित हुन सकेनन्। यसलाई लिएर दुःख व्यक्त गर्दै नीतीश कुमारले भने, श्री गोविन्द सिंहजी महाराजको ३५७औं पर्वमा उनको जन्मस्थान पटनामा आयोजना भइरहेको कार्यक्रममा सहभागी हुने उनको पूर्व निर्धारित कार्यक्रमको कारणले उनी यहाँ व्यक्तिगत रूपमा उपस्थित हुन सकेन्।
-हिस










