दार्जिलिङ: मुसुलधारे पानी परेको कारण जोरबङ्लोदेखि केही मुनितिर रहेको सडकमा पैह्रो गएको छ। उक्त पैह्रोले दार्जिलिङदेखि सिक्किम र कालेबुङ जाने रोडमा खतरा उत्पन्न भएको छ। उक्त रोडमा हिजो राति पैह्रो गएर सडक चुडिने अवस्थामा रहेको छ।यदि उक्त पैह्रोको चाडैं मरमत्ति नगरिए सडक चुडिएर जाने सम्भावना रहेको छ। यदि सडक चुडिए आगामी दिनमा दार्जिलिङ सिक्किम अनि दार्जिलिङ कालेबुङमाझको यातायात ठप्प हुने सम्भावना देखा परेको छ। पैह्रोले सडकको किनारमा रहेको चौतारा पनि धस्केर तल झारेको छ।











