जोरथाङमा ६ वटा पुस्तकको विमोचन

IMG-20230410-WA0169-11-300x172-3

जोरथाङ: जोरथाङस्थित सामुदायिक भवनमा सृजनशिल साहित्य लेखन मञ्चको तत्वावधानमा आयोजित कार्यक्रममा ६ वटा साहित्यिक पुस्तकको विमोचन गरियो। यस अवसरमा विशेष गरेर टिम्बुरबुङ निवासी ६ जना भट्टराई बन्धुहरुद्घारा रचित ६ वटा साहित्यिक कृतिको एकैसाथ वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाको बाहुलीबाट लोकार्पण गरियो।

उक्त कार्यक्रममा विधायक सुनिता गजमेर लगायत अन्य साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो।

उक्त पुस्तक भट्टराई दाज्यु-भाईले आफ्ना स्वर्गीय माता थलरुपा भट्टराई र स्वर्गीय पिता केदारनाथ भट्टराईलाई समर्पित गर्दै लोकार्पण गरेका हुन्। सम्भवतः एउटै परिवारका ६ जना दाज्युभाईको सृजनशील साहित्य लेखन मञ्च जोरथाङको संयुक्तरूपमा ६ वटै पुस्तक एकैसाथ लोकार्पण गरिएको यो पहिलो घटना हो।

सृजनशील साहित्य लेखन मञ्च जोरथाङको 82औं प्रकरणको अवसरमा आज लोकार्पण गरिएको साहित्यिक कृतिहरुमा रुद्रमणि भट्टराईका ‘महाभारत’, पुष्पलाल भट्टराईका ‘देउता’, खड्का बहादुर भट्टराईका ‘सम्झानाका तरेलीहरु’, गणेश कुमार भट्टराईका मिश्रित रचना ‘कवितै कविता’, अरुण शर्मा भट्टराईका ‘जीवन एक अनुभूति अनेक’ र साहित्यिक क्षेत्रमा प्रकाश भट्टराईले परिचित मुख्यमन्त्री पीएस गोलेका प्रेस सल्लाहकार सीपी शर्माको ‘मूलाङ’ सामेल छन्।

About Author

Advertisement