जोगीघाटमा गोरामुमोको सांङ्ठनिक सभा सम्पन्न

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक गतिविधिलाई तीब्र पार्दै समष्टिहरुमा आफ्नो संगठनलाई बलियो बनाउनेतर्फ अग्रसर रहेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी गराएका छन्। यसै क्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत मङ्पु लाठ्पन्चर समष्टिको सांङठनिक सभा बस्यो। जोगीघाटमा आयोजना गरिएको सभामा खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको प्रमुख उपस्तिथि रहेको सभालाई ब्राञ्च कमिटीका महासचिव युद्ध छेत्रीले संचालन गरेका थिए। सभामा समष्टिलाई बलियो बनाउनको निम्ति पुरानो समष्टि कमिटीलाई खर्साङ ब्राञ्च कमिटीले विघटन गर्ने निर्णय लिए यस निर्णयलाई सभाले सर्वसम्मतिले प्रस्ताव पारित गरे। नयाँ समष्टि चाडैं गठन गर्ने सभामा छलफल पछि बर्तमान समयको समष्टि कमिटी गठन नभए सम्मको निम्ति चार जना अस्थायी सदस्यहरु गठन गरि समष्टिको रेखदेख गर्ने सभाले पारित गर्‍यो। ब्राञ्च कमिटी सदस्य के बी गुरुङ, निर्मल तामाङ, राम प्रधान, गणेश ठकुरी अनि रविन तामाङलाई अस्थायी कमिटी सदस्यमा चयन गरिएको दिनेस साम्पाङले थप जानकारी दिएका छन्।समष्टिलाई अब नयाँ रुप दिन सांङ्ठनिक गतिविधिलाई तीब्र पार्दै बलियो बनाउने कार्यलाई अस्थायी कमिटीका सदस्यहरुले कार्य गर्नेछ र समष्टि पुनः गठनको निम्ति सबैलाई समेटेर कार्य गर्ने जानकारी गराउदै सभा पछि आफ्नो बिज्ञप्ति जारी गर्दै ब्राञ्च कमिटीका सदस्य के बी गुरुङले जनाएका छन्। उनले थप जानकारी गराउँदै भने, आगामी दिनाङ्क २९ जनवरी २०२३ आइतबारको दिन गोरामुमो केन्द्रीय समितिद्वारा आयोजना गरिएको गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको नवौं पुण्यतिथिमा श्रद्धाञ्जली सभा साथै आप्पा सुवास घिसिङ अनि वहाँको धर्मपत्नी धनमाया सुब्बा (घिसिङ) को समाधी निर्माण हेतु भूमि पुजन कार्यक्रमलाई समष्टिले स्वागत जनाउँदै समर्थन गर्दछौं साथै उक्त दिन कार्यक्रमलाई सफल बनाउन समष्टिले व्यापक उपस्तिथि दिइने छ साथै समष्टि बाट गोरामुमो नेतृत्व बर्ग कार्यकर्ता लगायत सुवास घिसिङलाई माया गर्ने, वहाँको सिद्धान्त लाई सम्मान गर्ने साथै सन् १९८६ सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउनेहरुले आफ्नो उपस्तिथि दिइनेछ भनी केबी गुरुङले जनाएका छन्।

About Author

Advertisement