खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिद्वारा प्रत्येक बुथमा चुनाव कमिटी गठन गर्ने कार्य जारी रहेको छ भने तेस्रो दिन जोगमाया चियाबारी र सिलिम हिलमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस क्रममा पहिलो सभा जोगमायामा सम्पन्न भएको छ। उक्त सभा जीवन थापाको अध्यक्षता र सुरज मंगरको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई समष्टि सभापति राजीव थापा, युवा शक्तिको समष्टि सभापति केवल राई, ट्रेड युनियन समष्टिको संयोजक राजेस थापा, सुरज थापा र घैयाबारी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव धिरेन प्रधान आदिले वक्तव्य राखेका थिए। यसै सभामा बुथ नम्बर २५३ जोगमायामा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यसमा मुख्य संयोजक कविता नेवार, सह संयोजकहरु रञ्जित मंगर, सुनिल मंगर, कल्पना नेवार, कोषाध्यक्ष जीवन थापा र सुरज थापा लगायत सल्लाहकारहरु चयन गरिएको छ। यसरी नै अर्को सभा बुथ नम्बर २५४ सिलिम हिलमा प्रताप परियारको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभालाई बसन तामाङले सञ्चालन गरेका थिए। सभालाई राजेस थापा, केवल राई, सम्पल राई आदिले वक्तव्य राखेका थिए। यसै सभामा सिलिम हिल बुथ नम्बर २५४ मा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त कमिटीमा मु॥ मुख्य संयोजक बसन्त तामाङ, सह संयोजकहरु निर्मल तामाङ, अमर तामाङ,गौतम तामाङ, कोषाध्यक्ष मालती छेत्री लगायत सल्लहाकारहरु साथै ३५ जनाको चुनाव कमिटी गठन गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्।










