जेटसेनलाई सहयोग गर्ने अपिल गर्दै पहाडका धावकहरू मुम्बईमा दौडिए

सिलगढी: दार्जीलिङ, सिक्किम र कालेबुङका धावकहरूले जी सारेगमप लिटल च्याम्सकी प्रतियोगी जेटसेन डोना लामाको प्रचार गर्दै मुम्बईमा आफ्नो म्याराथन पूरा गरेको छl मुम्बईका मानिसहरूलाई पनि सिक्किमकी सानी गायिका जेटसेनलाई भोट गर्न आग्रह गरेका छन्। कालेबुङकी सरस्वती राई जसले आफ्नो पूर्ण म्याराथन ३ घण्टा १४ मिनेटमा पूरा गरिन् र आफ्नो श्रेणीमा पहिलो स्थान प्राप्त गरिन्l उनले टाटा मुम्बई म्याराथनका साथी धावकहरू र दर्शकहरूलाई जेथसेन डोनालाई मिस कल गर्न अपील गरिन्।

 यसको आयोजक विक्रन फाउन्डेसन, दार्जीलिङका संस्थापक विक्रम राई थिएl उनी आफैले जेटसेन डोना लामालाई सहयोग गर्ने अपिल गर्दै ४२ किलोमिटर फुल म्याराथन दौडे।  विक्रम राईले भने, “३४ किलोमिटरको दौडमा धेरै पीडा थियो तर जेटसेन डोनाका लागि मात्रै मैले मेरो पूर्ण म्याराथन पूरा गर्ने कुरा सुनिश्चित गर्नुपर्‍यो।” उनले शनिबार मुम्बईको अन्धेरीमा जेटसेनलाई भेट गरेर सहयोग गर्ने वाचा गर्दै शुभकामना जनाए। सिक्किम विश्वविद्यालयमा सहायक प्राध्यापक रहेका प्रोजेक्ट लाइफ टोलीका संस्थापक डा. सुदर्शन तामाङले पुरुष म्याराथन खण्डमा नेतृत्व गरेl

About Author

Advertisement