जेकलीन फर्नान्डीजको याचिकामा ईडीलाई नोटिस

mnrucq0g_jacqueline-fernandez-_625x300_02_July_23.jpg

नयाँ दिल्ली: दिल्ली हाईकोर्टले ठग सुकेश चन्द्रशेखेरसित जोड़िएको २०० करोड़को मनी लन्ड्रिङ मामिलामा आरोपित अभिनेत्री जेकलीन फर्नान्डीजले आफू विरूद्ध दर्ता एफआईआरलाई निरस्त गरिने माग गर्दै याचिका लगाएकी छन्, जसमा सुनवाई गर्दै हाईकोर्टले ईडीलाई नोटिस जारी गरेको छ।

जस्टिस ज्योति सिंहको बेञ्चले २९ जनवरीसम्म जवाफ दर्ता गर्ने निर्देश दिएको छ।

जेकलीनले याचिका दर्ता गरी भनिन्, उनी विरूद्ध लगाइएको सबै आरोप झूठा हुन्। सुकेश चन्द्रशेखरले उनीसित धोखाधड़ी गर्नका साथै अदिति सिंहले पनि धोखाधड़ी गरिन्। उनलाई सुकेश चन्द्रशेखरले टारगेट गऱ्यो र उनको मनी लन्ड्रिङ मामिलामा कुनै हात छैन। जेकलीनले सुकेश चन्द्रशेखरको उक्त दाबीलाई खारेज गरिन् जसमा जेकलीन उसको साथ रिलेशनशिपमा छ भनेको थियो।

About Author

Advertisement