जुनैना परबीनले माध्यमिक परीक्षामा आठौँ स्थान

photocollage_202263131921629.jpg

सिलगढी। आज माध्यमिक परीक्षाको परिणाम घोषणा गरियो। सिलगढीको सेभोक रोडस्थित सारदा शिशुतीर्थका विद्यार्थी जुनैना परबीनले माध्यमिक परीक्षामा ६८६ अङ्क प्राप्त गरेर आठौँ स्थान हाँसिल गरेकी छन्। माध्यमिक परीक्षामा आठौँ स्थान हाँसिल गरेकोमा जुनैना लगायत तिनका परिवार धेरै खुशी छन्।
तिनको बाबु जाकिर हुसेन पर्यटन व्यवसायमा संलग्न छन् भने कोरोनाले गर्दा पर्यटन व्यवसायमा निक्कै प्रभाव परेकोले तिनका परिवारले आर्थिक संकट झेलिरहेको थियो। तथापि, तिनका बाबुले छोरीको पढाईमा भने यसको कुनै प्रभाव पर्न दिएनन्। जुनाइनाको डाक्टर बन्ने इच्छा रहेको छ। माध्यमिक परीक्षाको रिजल्टमा तिनले आठौँ स्थान ओगटेको सुनेपछि धेरैजना मानिसहरू तिनको घरमा पुगेर बधाई तथा शुभकामना दिएका छन्।

About Author

Advertisement