नयाँ दिल्लीः राजधानी दिल्लीमा जी-२० शिखर सम्मेलन आयोजनको मिति जति-जति नजिकिँदै जाँदैछ उती-उती दिल्ली पुलिसको तयारीहरूमा पनि तीव्रता आइरहेको छ। यस सम्पूर्ण आयोजन अवधिको सुरक्षा व्यवस्थाको जिम्मेवारी दिल्ली पुलिसको काँधमा छ। यसको लागि दिल्ली पुलिसले कर्मचारीहरूलाई रूटिन प्रशिक्षण लगायत सफ्ट स्किल ट्रेनिङ्ग पनि दिरहेको छ साथै दिल्ली पुलिस मुख्यालयले अलग-अलग ब्याच बनाएर पुलिकर्मीहरूलाई प्रशिक्षण दिरहेको छ।
पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, प्रशिक्षणमा तीनवटा विषयहरूमाथि विशेष ध्यान राखिएको छ- विभिन्न देशहरूबाट आउने अतिथिहरूको सुरक्षासितै उनीहरूलाई अन्य प्रकारको समस्यादेखि पनि बचाउन सकियोस्। दिल्ली पुलिसका २० महिला कमाण्डोलाई विशेष ट्रेनिङ्ग दिइएको छ जसले महिला अतिथिहरूको सुरक्षा र सुविधाको ध्यान राख्नेछन्। यसको साथै कार्यक्रम स्थलको वरपर दिल्ली पुलिसले सुरक्षाको कठोर घेरा बनाउनेछ।
यसको लागि दिल्ली पुलिसका जवानहरूलाई ड्रोन उड़ाउने र यसको माध्यमबाट सम्पूर्ण क्षेत्रको निगरानी राख्ने प्रशिक्षण दिइँदैछ। पुलिसकर्मीहरूलाई यो पनि सिकाइँदैछ कि यदि कुनै ड्रोन वा यूएभी आकाशमा उड़ेको देखियो भने त्यसलाई एन्टी ड्रोन सिस्टम प्रयोग गरी कसरी हुन्छ ध्वस्त बनाउन सकिन्छ। यति मात्र नभएर कुनै पनि प्रकारको ड्रोन वा यूएभीलाई ध्वस्त बनाउनपूर्व त्यसलाई चेताउनी दिने प्रकियाको बारेमा पनि पुलिसकर्मीहरूलाई प्रशिक्षण प्रदान गरिँदैछ।
उल्लेखनीय छ, स्वतन्त्रता दिवस र सुरक्षा व्यवस्थाका तयारीहरूलाई मध्यनजर गर्दै दिल्लीमा गत २२ जुलाईदेखि आगामी १६ अगस्तसम्म कुनै पनि प्रकारको ड्रोन, यूएभी, प्याराग्लाइडर्स, ह्याङ्ग ग्लाइडर आदि उड़ाउनदेखि पूर्णरूपले प्रतिबन्ध लगाइएको छ। सम्भवतः यस प्रतिबन्धलाई जी-२० का कार्यक्रमहरू सम्पन्न नहुञ्जेलसम्म बढ़ाउन सक्नेछ। जी-२० शिखर सम्मेलनका सुरक्षा तयारीहरूमा दिल्ली पुलिस, केन्द्रिय एजेन्सीहरूले मिलेर काम गरिरहेका छन्। सम्मेलनमा विश्वको अर्थव्यवस्थाका मुद्दाहरूमाथि काम गर्ने १९ देशहरू सहित यूरोपीय सङ्घ सामेल हुनेछन्।
-हिस









