जीर्ण वृद्धाश्रमलाई च्यादर प्रदान

21-22-07-KUR-1024x683.jpg

खरसाङ: निर्मल गुरुङ नमस्ते खरसाङका निर्देशकको अगुवाईमा आज खरसाङदेखि केही मुनि रहेको खहरेमा सहयोगी हातद्वारा सञ्चालित वृद्धाश्रम पुगेर दुई बण्डल च्यादर प्रदान गरिएको छ। यस टोलीमा प्रेस क्लब अफ् खरसाङको सभापति एवम् वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, पत्रकार सुवास छेत्री, निर्देशक निर्मल गुरुङ, सहयोगी भोला रावत र अर्पण गुरुङको विशेष उपस्थिति रहेका थियो। यस वृद्धाश्रमको जीर्ण बन्दै गइरहेको अवस्थालाई हेरेर नमस्ते खरसाङ च्यानलले यसपल्ट दुई बण्डल च्यादर प्रदान गरेको छ।यसावधि नमस्ते खरसाङको प्रबन्ध निर्मल गुरुङले नमस्ते खरसाङ च्यानलले केवल मनोरञ्जन मात्र होइन, समाचारहरू मात्र प्रसारण गर्दैन तर सेवामूलक तथा सहयोगी कार्यहरू पनि गर्ने गरेको बताउँदै यस कार्यमा च्यानलका सबै सदस्यहरू तथा च्यानलका दर्शकहरूको पनि सहयोग रहेको बताएका छन्। तिनले केही सहयोग गरौं भन्ने सोच राखेर यसरी छानो प्रदान गरिएको बताए।

About Author

Advertisement