जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव खोज्दै हाम्रो पार्टी

00-1-IMG-20230312-WA0206

दार्जीलिङ: ‘जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव के भयो?’ भन्दै शारदा राई सुब्बाले प्रश्न उठाएकी छिन्। घूम-जोरबङ्ला समष्टिमा आज हाम्रो पार्टीको सभामा उनले यो प्रश्न गरेकी हुन्। सभामा हाम्रो पार्टी केन्द्रीय कमिटीकी सदस्य शारदा राई सुब्बाले सम्बोधन भनिन्, ‘जीटीए सभाको चुनाव अवधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए सभामा आफुहरूले बोर्ड गठन गरेको खण्डमा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने बाचा गरेको थियोl  जनताको आखाँ छल्नलाई जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्यो, तर त्यो प्रस्ताव के भयो? चुनाव अवधि भागोप्रमोले स्वयं सेवक शिक्षकहरूलाई स्थायीकरण गर्ने वाचाहरू पनि गरेको थियोl तर यतिका महिनाहरू बितिसक्दा पनि जीटीए सभाको सत्ता दलले स्वयं सेवक शिक्षकहरूलाई स्थायीकरण गर्नसकेको छैन, यो वचनहारको प्रमाण होl’ उनले भनिन्, ‘घूम-जोरबङ्लाले हाम्रो पार्टीमा दोस्रो स्थानको केन्द्रीय नेता पाएको थियो,पार्टीको केन्द्रीय उपाध्यक्ष पाउनु भनेको खेलाइची कुरो होइन। घूम-जोरबङ्लाका जनताले त्यही हेरेर उनलाई भारी मतले विजय तुलाएका थिए, तर उही नेताले जनतालाई धोका दिएर अर्को राजनीति दलमा सामेल हुनपुग्दा क्षेत्रका जनताको मनमा निराशपन   आउन निश्चयै होl तर मैले पार्टीभित्र अनि समष्टिमा पसेर हेरे, आज पनि पार्टीभित्र घूम-जोरबङ्लाको स्थान र मान सम्मान उतिकै पाए अनि जनतामा पनि हाम्रो पार्टी माथि आस्था र भरोसा उतिकै देखेंl’

About Author

Advertisement