जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा जीटीएको प्रशासनिक बैठक

IMG-20220824-WA0154.jpg

दार्जिलिङ: आज यसै विषयवस्तुलाई केन्द्र गरेर जीटीएका विभिन्न विभागका अधिकारीहरू अनि कर्मचारीहरुसंग अनित थापाले प्रशासनिक बैठक बसेका छन्। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले जीटीएको पर्यटन, प्राथमिक शिक्षा, माध्यमिक शिक्षा, कृषि विभाग, सोइल कन्जरभेसन, स्वास्थ्य अनि परिवार कल्याण, पीएचई, पावर, आईसीडीएस, मत्स्य पालन, स्वयं सहायता समूह, इन्जिनियरिङ अनि वागवानी विभागका अधिकारीहरूसंग अलग अलग बैठक बसेका छन्।

उक्त बैठकमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले भने- ‘हामीले यी विभिन्न विभागहरूमार्फत् जनहित कार्यका योजनाहरूमाथि छलफल गरेका छौं। मैले सहकारिता अनि सहभागिताको सिद्धान्त अपनाएको छु साथै विभिन्न विभागहरूमाझ सम्पर्क बढाएर नै काम गर्ने सुझाव पनि राखेको छु। सिस्टमलाई ठीक गर्नु हाम्रो कार्य पद्धतिलाई ठीक बाटोमा ल्याउनु पर्छ भन्ने सोच राखेका छौं।’

About Author

Advertisement