जीटीए प्रमुख अनित थापाद्वारा तकलिङ पेशोक समष्टिमा विभिन्न परियोजनाहरुको शिलान्यास

IMG-20260209-WA0083

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले तकलिङ पेसोक समष्टिमा आज विभिन्न परियोजनाहरुको शिलान्यास गरेका छन्।


उक्त शिलान्यास कार्यक्रममा आफ्नोे सम्बोधनमा जीटीए प्रमुख अनित थापाले भने, ‘सरकारसँगको सहकार्यको परिणाम हो। मैले सरकारसँग विरोधी भएर होइन। पहाडको उन्नतिको निम्ति मिलेर काम गर्ने सिद्धान्तलाई अपनाएर कार्य गरेको छु। त्यसैले पहाडमा विस्तारै भए पनि विकासका योजनाहरू कार्यमा परिणत भईरहेको छ।’


उनले अघि भने, ‘जीटीएले मिलेर कार्य गर्दा यतिको योजनाहरू ल्याउनु सक्षम भएका छौं। यदि विधायक पनि हाम्रै भई दिएको भए अझ धेरै कार्य गर्नु सक्ने थियौँ।’

About Author

Advertisement