टिस्टा: टिस्टाका सक्रिय समाजसेवी किशोर प्रधानले जीटीए पावर नभएको क्षेत्रीय सरकार भएको आरोप लगाएका छन्। टिस्टा नदीमा पानी बढेपछि सम्पूर्ण क्षेत्र जलमग्न भएको कारण किशोर प्रधानले टिस्टा पुलमुनिबाट दार्जीलिङ जाने सडकमा नदीको पानी पसेर खतरा निम्त्याएको छ भने सडकसँगै तल्तिर रहेका घरहरू जलमग्न बनेको प्रधानले बताएका छन्। उनले अघाडि भने सिलगडी तर्फको राजमार्ग रबिझोडामा एनएचपीसीको डेममा पानी ओभरलोड भई सडकमा देखिन थालेको छ। यस्तो अवस्थामा दार्जीलिङ र कालेबुङको सम्पूर्ण प्रशासनको टोली यहाँ हुन पर्ने। तर केही नभएको उनले बताएका छन्। पोहोरदेखि यहाँ जीटीएको जम्बो टोली आएर निरीक्षण गरे तापनि गर्नसक्ने केही होइऩ, निरीक्षण गरेर मात्रै केही हुने होइन। किनकि जीटीए पावर नभएको क्षेत्रीय सरकार रहेको प्रधानले बताएका छन्।
अर्कोतिर यो बाढमा एउटा गाडी अनि दुइवटा बाइक पनि बगाएर लगेको अपुष्ट जानकारी रहेको छ। अहिले टिस्टा नदीमा पानीको जलस्तर बढेपछि टिस्टा क्षेत्रमा खतरा उत्पन्न भएको छ भने स्थानीयहरूलाई धेरै खतरा उत्पन्न भएको छ।










