जीटीएद्वारा २० अगस्तलाई भाषा दिवसको रूपमा सरकारी विदाको घोषणा

IMG-20230818-WA0256.jpg

दार्जिलिङ: दार्जिलिङको लालकोठी परिसरमा जीटीएका कार्यकारी सभासदको बैठक बस्यो। बैठकमा सर्वसम्मतिले २० अगस्तको दिनलाई भाषा दिवसको रूपमा पालन गर्ने निर्णय लिइयो। निर्णय अनुसार २० अगस्तको दिन सरकारी विदा घोषणा गरिएको छ। विदा जीटीए क्षेत्रका विद्यालय, जीटीए अधीनस्थ कार्यालयहरुलाई लागु हुनेछ। त्यही निर्णय अनुरूप आज जीटीए सचिवालयले अधिसूचना जारी गर्दै अब उसो हरेक वर्ष भाषा दिवसको उपलक्ष्यमा २० अगस्तको दिनलाई जीटीए क्षेत्रमा सरकारी विदा घोषणा गरेका छन्। यस अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भनेका छन् -‘हाम्रो राजनैतिक विचारधारा बेग्ला बेग्लै छ तर हाम्रो गोर्खापन दर्शाउने अनि हामीलाई एक सूत्रमा बाँध्ने एउटै साङ्लो छ, त्यो हो नेपाली भाषा। भाषाले मान्यता पाउनु भारतीय गोर्खाहरुको निम्ति ऐतिहासिक दिन थियो भने जीटीएले भाषा मान्यता पाएको दिनलाई आधिकारिक रूपमा सरकारी विदा घोषणा गरेर अझ अर्को इतिहास कोरेको छ। सबैले भाषाको जगेर्ना गर्न भाषाको प्रयोग, अध्ययनतर्फ पनि ध्यान लगाउनुपर्छ। डा गोकुल सिन्हाको शब्दमा भन्नु हो भने २० अगस्त हामी गोर्खाहरुको निम्ति अर्को स्वतन्त्रता दिवस हो। यही दिवस बनोस् हरेक भारतीय नेपाली भाषीको मनमा।

About Author

Advertisement