जीटीएद्वारा कालेबुङमा लाइब्रेरियनको रिक्त पदहरूमा नियुक्ति

IMG-20240723-WA0142

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत लाइब्रेरियनको रिक्त पदको निम्ति जीटीएले परीक्षा आयोजना गरेको थियो। आज त्यसै परीक्षाको परिणामको आधारमा चारजनालाई जीटीएले लाइब्रेरियनको नियुक्ति पत्र प्रदान गरेको छ। लालकोठीमा जीटीए प्रमुख कार्यपाल अनित थापाको कार्यालयमा डेपुटी प्रमुख कार्यपाल सञ्चवीर सुब्बाको बाहुलीबाट नियुक्ति पत्र प्रदान गरियो। पत्र प्रदान गरिएको समय अनित थापा लगायत कार्यकारी सभासदहरूको उपस्थिति रहेको थियो। आज नियुक्ति पत्र पाउनेहरुमा विद्या छेत्री, अविनास खवास, सिर्जन सिंह अनि दिछेन योङ्गजोम लामा रहेका छन्।

धेरै लामो अन्तरालमा जीटीए क्षेत्रको विशेष गरी कालेबुङ जिल्लामा रहेको लाइब्रेरियनको रिक्त पदहरूमा नियुक्ति भएको छ।

About Author

Advertisement