जिल्ला पुलिसद्वारा म्याराथन दौडको आयोजना

IMG-20231217-WA0119.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका पुलिस उपरीक्षक वाई रघुवंशीले युवा समुदायमा खेलकुदप्रति रुची बढाउन म्याराथन दौड आयोजना गरेका थिए। आइतबार बिहान अलिपुरद्वार जिल्ला पुलिसको पहलमा कुमारग्राम थाना अन्तर्गत कामाख्यागुरी क्षेत्रमा १० किलोमिटर म्याराथन दौड आयोजना गरिएको थियो। प्रतियोगितामा जिल्लाका हरेक क्षेत्रका विद्यार्थी तथा ज्येष्ठ नागरिक तथा प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो। बिजेताहरुलाई महानुभावहरुले पुरस्कार प्रदान गरेका थिए।

About Author

Advertisement